Safal Khabar - भोजपुरमा आगलागी : सडक साँघुरो भएर दमकल जान नसक्दा फैलिँदै आगो
सोमबार, १३ जेठ २०७६ (Monday, 27 May, 2019)
भोजपुरमा आगलागी : सडक साँघुरो भएर दमकल जान नसक्दा फैलिँदै आगो
बिहिबार, ०२ जेठ २०७६, १४ : ५३
भोजपुरमा आगलागी : सडक साँघुरो भएर दमकल जान नसक्दा फैलिँदै आगो

भोजपुर । भोजपुरको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ । सदरमुकाम नजिकैको रहेको भोजपुर नगरपालिका वडा नम्बर ७ स्थित बरवोट टोलमा विहीबार दिउँसो १ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।

बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी वरीपरी रहेको घरमा पनि सल्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस