संकटा भरतपुर गोल्डकपको फाईनलमा, चितवन बाहिरीयो, आज एपिएफ र झापा ११ भिड्ने

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, ०८ : ३३
संकटा भरतपुर गोल्डकपको फाईनलमा, चितवन बाहिरीयो, आज एपिएफ र झापा ११ भिड्ने

चितवन । संकटा क्लब नारायणगढमा जारी सिएमएस भरतपुर गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । वुधवार भएको पहिलो सेमिफाईनलमा घरेलु टिम चितवन ११ लाई टाईवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा फाईनलमा प्रवेश गरेको हो । 
निर्धारीत समयमा दुवै टिमबाट गोल हुननसक्दा टाईवेकरबाट निर्णय लिईएको हो । यो पराजयसँगै भरतपुर गोल्डकपको उपाधि उचाल्ने सपना चकनाचुर भएको छ । क्वार्टरफाईनलमा आर्मिलाई पराजित गर्दै सेमिफाईनलमा पुगेको चितवन ११ लाई उपाधिका बलीयो दावेदारका रुपमा हेरीएको थियो । 
यस्तै दोस्रो सेमिफाईनलमा आज एपिएफ र झापा ११ आमुनेसामुने हुनेछन । उपाधि दावेदार यी दुई टोलीविचको खेल आज अपरान्ह ४ बजेपछि हुने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए । झापा ११ क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई २ एक गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेस गरेको हो । एपिएफ अन्तीम क्वार्टर फाईनलमा विरगंज युनाईटेडलाई ३ एक ले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो । 
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजीत प्रतियोगिता हेर्न १ हजार ८ सय दर्शक बसेर खेल हेर्नमिल्ने अस्थाई प्याराफिट बनाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस