प्रदेशलाई सबल र समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री राई

आइतबार, २९ बैशाख २०७६, १८ : २१
प्रदेशलाई सबल र समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री राई

धनकुटा । प्रदेश नं १ का मुख्यन्त्री शेरधन राईले विकास र समृद्धिका मुद्दा केन्द्रीत भएर प्रदेश नम्बर १ लाई सबल र समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको आज यहाँ उद्घाटन गनुहुँदै उहाँले मुख्यमन्त्री राईले सानातिना विषयमा अल्मलिए प्रदेश समृद्ध नबन्ने भन्दै समग्र प्रदेशको विकासमा सकारात्मक भएर समृद्ध प्रदेश निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले सबै जिल्ला समृद्ध भए मात्र समग्र प्रदेश समृद्ध हुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप सबै जिल्लालाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार गम्भीरताका साथ लागेको उल्लेख गर्नुभयो । प्रादेशिक राजधानी धनकुटा नभएको विरोधमा धनकुटामा जारी रहेको आन्दोलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले धनकुटालाई मुख्य प्राथमीकतामा राखेर प्रदेश सरकारले काम गरी रहेको बताउँदै धनकुटालाई अन्यायमा पर्न नदिनेमा विश्वस्तसमेत बनाउनु भएको थियो ।

प्रदेश सरकारले धनकुटामा स्थापना कार्यालय जनताको आँखामा छारो हाल्ने मात्र नभई पहाडी जिल्लाको प्रमुख शेवा प्रवाह गर्ने केन्द्र भएकाले बजारमा चलेका होहल्लामा नलाग्न सबैलाई आग्रहसमेत गर्नुभएको थियो । केही दिनभित्रमा नै प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक धनकुटामा बसी धनकुटालगायत पहाडी जिल्लाको हितमा थप निर्णय गरिनेसमेत मुख्यमन्त्री राईले कार्यक्रमका अवसरमा बताउनुभएको थियो ।

सो अवसरमा सङ्घीय सांसद राजेन्द्र राई, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख टङ्क चुवानलगायतले धनकुटामा प्रदेश १ को राजधानी नबनाएकाले धनकुटाको गुनासो । - रासस

प्रतिक्रिया दिनुहोस