तपाईं बारम्बार कहाँ जानुहुन्छ ? सबै रेकर्ड गुगलले राख्छ

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १६ : ५५
तपाईं बारम्बार कहाँ जानुहुन्छ ? सबै रेकर्ड गुगलले राख्छ

काठमाडौं । प्रत्येक इन्टरनेट प्रयोगकर्ताकाको जीवनमा गुगल जोडिएको छ । इन्टरनेटमा भिडियो हेर्न होस् अथवा वेबसाइट सर्फ गर्ने जस्तो आधारभूत प्रयोग होस् गुगलकै सहयोग चाहिन्छ । यस्तोमा अन्य प्रविधि कम्पनीभन्दा गुगल प्रयोगकर्ताले बढी समय बिताउँछन् । गुगलले पर्सनलाइज्ड एड देखाउनको लागि प्रयोगकर्ताको डाटा संकलन गर्छ । अथवा अन्य कुनै तरिकाले प्रयोगकर्ताबारे जान्ने प्रयास गर्छ ।

गुगलले जुनसुकै तरिका अपनाए पनि अधिकांश प्रयास प्रयोगकर्ताको अनुमति लिएर मात्र गर्छ । यदि तपाईंलाई मन लाग्दैन भने पर्मिसन डिसेबल गरेर यसबाट बच्न सकिन्छ । त्यसो भए गुगलले कुन तरिकाले तपाईंको विषयमा जानकारी लिन्छ त, आउनुस् चर्चा गरौंः

तपाईं हामीले गुगलमा जेसुकै सर्च गरे पनि उसको रेकर्ड राख्छ । यसबाट उसले प्रयोगकर्ताको रोजाई के हो भन्ने थाहा पाउँछ । यसलाई हामीले गुगलको माई अकाउन्ट पेजमा गएर वेब एन्ड एप एक्टिभिजी ट्याबबाट अफ गर्न सक्छौं ।

गुगल म्यापको टाइमलाइन फिचरले प्रयोगकर्ता कुनकुन ठाउँमा पुग्यो वा जान्छ भन्ने कुराको रेकर्ड राख्छ । तपाईंको लोकेसन हिस्ट्री अन छ भने यो काम हुन्छ । तपाईंले बढी समय बिताउने ठाउँको रेकर्ड पनि गुगलले राखेको हुन्छ ।

गुगल प्लेस्टोरबाट तपाईंले आफ्नो एन्ड्रोइड फोनमा कुन र कति एप्स डाउनलोड गर्नुहुन्छ, त्यसको पनि गुगलले रेकर्ड राख्छ । तपाईंसँग कति एन्ड्रोइड डिभाइस छ र कुनमा कतिवटा एप्स छ, त्यो पनि गुगलले सेभ गरेर राखेको हुन्छ ।

गुगल प्लेस्टोरमा तपाईं हामीले के सर्च गर्छौं, कुन एप सर्च गरिएको छ यो सबको डाटा गुगलसँग हुन्छ । डाउनलोड नगरे पनि यस्तो रेकर्ड गुगलले राखेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस