सीएमसीमा ओइटी तयारी केन्द्र सञ्चालन

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १६ : ४३
सीएमसीमा ओइटी तयारी केन्द्र सञ्चालन

चितवन । रोयल इन्टरनेशनल ल्याङग्वेज इन्टिच्यूट भरतपुरले चितवन मेडिकल कलेजमा अन्तर्राष्ट्रिय स्तरको ओइटी (अकुपेसनल इङ्लीश टेष्ट) को तयारी केन्द्र शुभारम्भ गरेको छ । 
दक्षिण एसियाकै उत्कृष्ट ओइटी परीक्षा तथा तयारी कक्षा सञ्चालन केन्द्र आइआरएस गु्रप इन्डियासँगको सहकार्यमा  रोयल इन्टरनेशनल ल्याङग्वेज इन्टिच्यूटले दक्ष तथा अनुभवी शिक्षकबाट ओइटीका कक्षाहरु सञ्चालन गरेको हो । चार हप्त र १२ हप्ते गरी दुई चरणमा कक्षाहरु चलाएको रोयल इन्टरनेशनलले जनाएको छ । कक्षामा १२ जना डाक्टरहरुको सहभागिता रहेको छ । 
रोयलले आज सीएमसीमा ओइटीबारे मेडीकल क्षेत्रका विभिन्न व्यक्तिहरुलाई जानकारी दिएको थियो । ओइटीलाई युके, अष्ट्रेलिया, न्यूजील्याण्ड, दुबई, नामिबिया, सिंगापुरले मान्यता दिएको छ । विभिन्न स्वास्थ्य पेसामा लागेका स्वास्थ्यकर्मीहरुले ओइटी कक्षाहरु लिन सक्ने रोयल इन्टरनेशनलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस