किन भयो पौडेललाई राजनीतिबाटै सिध्याउने खेल ?

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, १६ : ०८
किन भयो पौडेललाई राजनीतिबाटै सिध्याउने खेल ?

काठमाडौँ । २०१६ मंसिर १६ गते स्याङजा पुतलीबजार–१० मा जन्मिएका हुन् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेल । उनको बुटवल–८ रूपन्देहीमा घर छ । पौडेलले २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । यस अगाडि उनी नेकपा एमाले, केन्द्रीय कमिटीको उपमहासचिव, स्थायी कमिटी र केन्द्रीय सचिवालयको पदेन सदस्य हुँदै प्रदेश नम्बर पाँचको संयोजक बनेका थिए । 
२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेपछि उनी युवा तथा खेलकुद मन्त्री भए । २०५६ मा रूपन्देही झरेर चुनाव लडे । २०५६ मा उनी नेपाली कांग्रेसका स्व. नेता सूर्यप्रसाद प्रधानसँग चुनावमा पराजित भए । त्यपछि उनलाई एमालेले महाकाली इन्चार्जको जिम्मा दियो । उनी पश्चिमतर्फ लागे । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन लगातार जितेर ह्याट्रिक गरेका थिए । 
तत्कालीन पार्टी माओवादी केन्द्र र एमालेलाई एकीकरण गराउन पौडेलको ठूलो योगदान छ । घन घोटी बन्चरो बनाएकै हुन् पौडेलले पार्टी एकीकरणमा । उनी आफ्नै खुबीले महासचिव हुन सफल पनि भए । उनको बढिरहेको राजनीति हाइटलाई सिध्याउन यतिबेला बालुवाटार काण्ड लगाएर घोच्ने काम भइरहेको छ ।  उनीमाथि पटकपटक आक्रमण भइरहेको छ । 
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव पौडेल यतिखेर आक्रमणको घेरामा  छन्। प्रधानमन्त्री निवाससँग जोडिएको बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा सार्दै महासचिव पौडेलका छोरा नवीनको नाममा ८ आना जोडिएको खुलासा भएपछि उनीमाथि आक्रमणको घेरा हालिएको हो । अहिले एउटा समूह नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेललाई कमजोर बनाउन मात्र होइन, समाप्त नै पार्न खेलमा लागिरहेको छ । उनको जुन राजनीति हाइट कायम भएको थियो, त्यही हाइटलाई सिध्याउन एक समूह भित्रभित्रै लागिरहेको छ ।     
नेपाली राष्टि«य राजनीतिका समन्वयकारी व्यक्ति आन्दोलनका अगुवा  कुशल संगठन पौडेलको तेजोबध गरेर आफू फड्के मार्ने दाउ कतिमा छ ।  उनलाई सिध्याएर नेपाल कम्युनिष्ट पार्टीको एकतालाई भाँड्ने षडयन्त्रको आभाष हुन थालेको होइन, शंका गर्ने ठाउँहरु प्रशस्त छ । 
आफैँ भित्रका षडयन्त्रकारीहरु चिन्न नसक्ने पौडेलको कमजोरी र आफ्नो योजनामा तलमाथि नगर्ने उनको अडानका कारणले   चिढिएका पार्टी भित्र र बाहिरका बैरीहरुको सुनियोजत योजनामा पौडेल नराम्रोसँँग फसेका छन् । 
मन्द गतिमा अगाडि बढेको बुटवललाई विकासको तीव्र गतिमा ल्याउनु पौडेलको के कमजोरी थियो ? 
बुटवलमा एडिवीको परियोजना ल्याउनु विष्णु पौडेलको कमजोरी थियो ? फोहर व्यवस्थापन, मैनाबगर अटोभिलेज, झुम्सा खानेपानी, बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्टिय सम्मेलन केन्द्र, बुटवल बेलहिया सडक, नारायणगढ बुटवल सडक विस्तार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाईभर्सन, सिद्बाबा दोभान सुरुङमार्ग जस्ता आयोजना ल्याउनु पौडेलको कमजोरी हो ? 
धेरैले सोचेका छन विष्णु पौडेल विकासको पौरखले मतदाताको मन जितेका छन् । संगठनमा निभाएको भूमिकाले पार्टी नेतृत्वमा अव्वल हुँँदै अगाडि गएका छन् । यही देख्न नसक्नेहरु आज पौडेलका वैरी भए ।
“ए कतै पौडेल छिट्टै पार्टी अध्यक्ष त बन्दै छैनन्” कतिपयलाई निद्रामा समेत झस्काइ दिएको छ पौडेलको राजनीति छलाङले । पछिल्लो पटक एकाएक राजनीतिमा फड्को मारिरहेका पौडेलले बालुवाटारको विषय उक्काएर आक्रमण गरिरहँदा कता उनको हाइटको राजनीति सिध्याउन त होइन भन्ने आभाष सर्वत्र भइरहेको छ । 
एकीकरणपछि अचानक महासचिव बनेका पौडेललाई अहिले बालुवाटार काण्ड लगाएर उनीमाथि पटकपटक आक्रमण गर्ने काम भइरहेको छ । जलस्रोत, उर्जा रक्षामन्त्री हुँदै अर्थमन्त्रीसमेत बनेका पौडेल गुटगत राजनीतिबाट टाढा छन् । सीधा सरल राजनीति गर्दै आएका पौडेललाई कतै पछिल्लो समय बालुवाटार आक्रमणबाट फसाउन त खोजेको छैन ? राजनीतिबाट अलग गराउन खोजेको त छैन ? शंका गर्ने ठाउँहरु प्रशस्त छन् ।
अर्थमन्त्री हुँदा पौडेलले अर्थतन्त्रमा देखाएको चमत्कारले धेरैलाई पीडा भएको थियो । त्यसको बदला लिन आज कतिपय लालायित छन । हरेक आन्दोलनका सारथी विष्णु पौडलले राज्यको पुनर्सरचना गर्दा पुरानो लुम्विनी अञ्चललाई २ भाग गर्ने षडयन्त्रका विरुद्ध स्पात बनेर उभिएका थिए ।
वुटवललाई प्रदेशको राजधानी बनाउने अभियानमा विष्णु पौडेलले खेलेको भूमिका र अडान पार्टी भित्र र बाहिरका लागि टाउको दुखाइ बनेको थियो । त्यसैले पनि उनलाई कमजोर बनाएर आफूहरु सफल हुने मौका ‘सुनियोजित वालुवाटार प्रकरणमा’ राम्रै फाइदा उठाइरहेका छन् । 

पार्टी एकताबद्ध गर्नु , पार्टीभित्रका गुटको नेतृत्वमा फसेका नेताहरुलाई समय समयमा सन्तुलनमा राख्नु कतिपयका लागि टाउको दुखाइ बनेको थियो ।  कतिपयलाई लाग्ला विष्णु पौडेल कमजोर हुँँदा आफू अगाडि बढिएला, कतिपयलाई लाग्ला लुम्विनी कमजोर हुँदा यताउती गर्न पाइएला तर लुम्विनीका जनताको एकता विष्णु पौडेललाई कमजोर बनाएर तोड्छु भन्नु गलत साबित हुने छ । 
समान्यतया मिडियाको प्रयोग गर्न नरुचाउने पौडेललाई मिडियाका सदुपयोग गर्न खप्पिसहरुले समय समयमा घोचपेच गरेकै हुन् । तर पनि त्यसलाई प्रवाह नगरी पार्टी संगठन निर्माण र पार्टी एकताको जिम्मेवारी पूरा गर्न उनी कति पनि विचलीत भएनन् ।
अहिले उनी आफ्नो कुनै गल्ती भएमा कारबाही भोग्न तयार भएको बताइरहेका छन् तर पनि उनीमाथि आक्रमण रोकिएको छैन । उनीमाथि बालुवाटार काण्डा थोपरिँदा न उनले सामाजिक सञ्जालको प्रयोग गरेर कसैसंग जुहारी खेले न उनी कसैका विरुद्ध मिडियाबाजी गरे उनी केवल आप्नो यात्रामा दृढ संकल्प साथ हिँडिरहेका छन् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ कुकर भुक्दै गर्छ हात्ती हिँँड्दै गर्छ । पौडेल यही सिद्धान्तमा अडिग छन् । 
अहिले मौका छ यही मौका हो समाप्त पार्ने मिडिया उनका विरुद्ध छ, यही मौका छोपौँ कतिपयको दिवा स्वप्ना पनि हुन सक्छ । तर सधै विष्णु पौडेलको तीव्र गतिमा ब्रेक लगाउन खोज्नेहरु अग्रमोर्चामा नाङलो ठटाउँँदै हिँड्दा उनलाई कति पनि चिन्ता छैन । न डराउनु, न बिराउनु । 
यतिबेला पौडेलले उनका सहकर्मीहरुबाट पनि सपोर्ट पाएका छैनन् । हुन सक्छ, सहकर्मीबाटै रचिएको चाल त होइन ?
आफ्नो स्वार्थ सिद्ध गरेपछि स्वार्थीहरुले छोडेर हिँड्छन भनेर नबुझ्नु पौडेलको अर्को कमजोरी हो । ती उनका लागि कहिल्यै काम लागेनन् । बिहान साँँझ उनलाइै भेट्न भैँँसेपाटीको विस्तारामै पुग्नेहरु अहिले चोकचोकमा हुने भद्दा आलोचनाका समर्थक बनेका छन्। 
कसैका विरुद्ध पाटीको  कार्यक्रममा आलोचना गर्नुलाई राजनीतिक प्रतिस्पर्धा मानिएला तर कुनै पार्टीको केन्दीय नेतृत्वमा पुगेकाहरु समेत समाजिक सञ्जालमा धरोफालेर नांगै उत्रिएका छन् । जसले आफ्नै लाज लुकाउन सकेको देखिएन । धेरैलाई थाहा छ बालुवाटरको जग्गा २ सय रोपनी ९३ हजार २ सय आना भन्दा बढी हिनामिना भएको छ । तर मान्छे ३ हजार १ सय ९२ आना छोडेर ८ आना जग्गामा मात्र किन पछि लागि राखेको छ ? ।
२०४९ सालबाट खरिद विक्री सुरु भए पश्चात दोस्रो तेस्रो हुँँदै कारोवार हुँदै आएको जग्गाका विषयमा ०६१ सालमा किन्नेका पछाडि किन लागिराखेको छ ? । बालुवाटारको जग्गा किनबेच कसरी भयो ? सरकारीबाट गुठीमा कसरी आयो ? गुठीबाट मोहीमा कसरी गयो ? प्रष्ट हुँँदै आएको छ । त्यो निर्णय गर्ने गराउनेहरु प्रष्ट छन् मन्त्री परिषदको निर्णय सार्वजनिक भइसकेको छ । 
पौडलले लुकाएको जग्गा भएन किनकी उनी मन्त्री बन्दासमेत सार्वजनिक गरेको सम्पती विवरणमा उल्लेखित जग्गा अहिले उनी पार्टी एकताको योजनाकार बनेर सफल बन्दा कसको टाउको किन दुखेको छ ? खोजी गर्नु पर्ने विषय हो ।

प्रतिक्रिया दिनुहोस