जापानमा रोबोट वेश्यालय

सोमबार, २३ बैशाख २०७६, २१ : ४८
जापानमा रोबोट वेश्यालय

जापान । संसारका केही देशमा सेक्स रोबोटहरूको वेश्यालय खुल्ने क्रम बढ्दो छ । लुमी डल्स नामक यौन खेलौना उत्पादन गर्ने कम्पनीले जापानको नागोया शहरमा यस्तै खालको वेश्यालय खोलेको छ ।

त्यहाँ ग्राहकले एकसाथ चार वटा सेक्स डलसँग समय बिताउन पाउने सुविधा उपलब्ध गराइएको छ । लुमी डल्सका सञ्चालक सेर्गी प्रिटोका अनुसार नागोयास्थित लुमी डल्सको बिक्री कक्षमा ग्राहकले सेक्स डलसँग यौनको आनन्द लिन पाउनेछन् । यसअघि रुस, स्पेन, इटालीलगायत देशमा लुमी डल्सले रोबोट वेश्यालय सञ्चालन गरेको थियो । 

रोबोटसँग यौन आनन्द लिन राम्रै रकम खर्च गर्नुपर्छ । तीन घण्टाका लागि करिब ३६ हजार र एक घण्टाका लागि लगभग १३ हजार रुपैयाँ खर्च गर्नुपर्छ । 

ग्राहकका लागि पुरुष यौन खेलौना पनि लुमी डल्सले व्यवस्था गरेको छ । ‘हामीलाई केही ग्राहकले एकै पटक महिला र पुरुष यौन खेलौनासँग समय बिताउन मन लागेको बताएका छन्,’ सञ्चालक प्रिटोले भने, ‘हामी त्यहीअनुसार व्यवस्था मिलाइदिन्छौँ । सम्भवतः द्विलिंगी व्यक्तिहरू एकसाथ महिला र पुरुष सेक्स डलसँग आनन्द लिन चाहन्छन् ।’ रोबोट वेश्यालयप्रति ग्राहकले राम्रो अभिरुचि प्रकट गरेको उनले बताए । सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस