भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाको मृत्यु

एजेन्सी

सोमबार, २३ बैशाख २०७६, १२ : ५३
भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाको मृत्यु

आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो । 

रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका वेन्नेलाको  आइतबार मृत्यु भएको थियो  । मृतक बालबालिकाका आमाबाबु करिब दश वर्ष पहिले कर्नाटक चिकबल्लापुर जिल्लाबाट मजदुरी गर्नको लागि कादिरी आएका थिए । तर उनीहरु आफ्ना सन्तानलाई छोडेर कहाँ गए कसैलाई थाहा छैन । 

लगभग ६ महिना पहिले मात्रै ३ वर्षका छोरा सन्तोष भोकमरीको कारण मृत्यु भएको थियो । पुलिसका अनुसार उनीहरुका दुईवटै बच्चाले भोक सहन नसकेर माटो खाएका थिए । यस घटनाको जानकारी छिमेकीले गामीण  एसआई वेन्कटस्वामीको दिएका थिए । 

कादिरीका ग्रामीणका इन्सपेक्टरका अनुसार उक्त परिवारको बस्नको लागि घर छैन । उनीहरु पालमा बस्दै आएका छन् । ६ महिना पहिले मृत्यु भएका सन्तोषको शव झुपडी नजिकै गाडिएको थियो । 

प्रतिक्रिया दिनुहोस