प्रदेश

प्रदेश १ को नाम र राजधानी तोक्न नेकपा सांसदलाई नै सकस

मुख्यमन्त्री शेरधन राईले बोलाए पूनः सर्वदलीय वैठक

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, ०६ : ५२
प्रदेश १ को नाम र राजधानी तोक्न नेकपा सांसदलाई नै सकस

काठमाडौं । नेकपाकै प्रदेश सांसदहरुमा मतक्यैता हुन नसक्दा प्रदेश १ को नाम र राजधानीमा चर्काे विवाद भएको छ । प्रदेशको सत्तारुढ दल नेकपाका सांसदहरुकै वीचमा प्रदेशको नाम र राजधानीका विषयमा अनेकथरी मत छन् ।

ति मत निरुपण गरी पार्टीभित्र आम सहमति वनाउन दुई दिन यता पार्टीका प्रदेश पदाधिकारी र मुख्यमन्त्रीले गरेको अनेक प्रयास सफल हुन सकिरहेको छैन । यद्यपी, प्रदेश को नाम र राजधानीकै विषयमा एउटा टुंगोमा पूग्ने उदेश्यले मुख्यमन्त्री शेरधन राईले आज शुक्रवार सर्वदलीय वैठक आह्रवान गरेका छन् ।

विहिवार नै नाम र राजधानीको विषय प्रदेश संसदवाट टुग्याउने गरी वैठक आह्रवान गरिएको थियो । तर सत्तारुढ दल नेकपाकै सांसदहरुका वीचमा सहमति नवनेपछि २२ गतेसम्मका लागि प्रदेश सभा वैठक स्थगित गरिएको छ ।

सरकार गठन भएको १ महिनामै टुङ्गो लगाउने भनिएका यी विषय प्रदेश संसद चलेकै १५ महिना वित्दा सम्म टुंगिन सकेको छैन ।

राजधानीका विषयमा नेकपाका ६६ सांसदमध्ये ४५ सांसद अहिलेको अस्थायी राजधानी विराटनगरवाट राजधानी अन्यत्रै सार्नुपर्ने पक्षमा उभिएका छन् ।

तर मुख्यमन्त्री लगायत केही नेताहरु बिराटनगर नै राजधानी हुनुपर्ने पक्षमा लागिरहेका छन् । मुख्यमन्त्री राईले धनुकटालाई सम्र्पक राजधानीका रुपमा राखेर विराटनगरलाई नै प्रदेश राजधानी वनाउने पक्षमा छन् । त्यही कारण उनले प्रदेशको क्याविनेट वैठकवाट धनुकटालाई अस्थायी सम्र्पक राजधानीका रुपमा निर्णय गराएका छन् ।

नाम र राजधानीकै बिषयमा सहमति खोजन ०७५ भदौमा पनि नेकपा संसदीय दलको बैठक बसेको थियो । २ दिनसम्म चलेको बैठकले पनि निर्णय लिन नसकेपछि यो विषय त्यक्तिकै थन्किएर वसेको थियो ।

प्रदेससभा सचिवालयले हिजो १९ गते सम्मका लागि प्रस्ताव दर्ता गराउने म्याद तोकेको थियो । तर मुख्यमन्त्री राईको आग्रहमा दुई दिनको लागि म्याद थप भएपछि बैसाख २२ गते आइतबार मात्रै अव संसदमा साझा प्रस्ताव दर्ता हुनसक्ने वताईएको छ ।

मुख्यमन्त्री राईले नाम र राजधानीको विषय सर्वदलीय छलफलबाटै टुङ्गो लगाउनुपर्छ भनेकोले म्याद थप भएको प्रदेश सचिवालयले जनाएको छ । त्यसका लागि मुख्यमन्त्रीले आज पूनः सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेश को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ राख्ने भन्नेमा तीव्र मतभेद छ । नेकपाका बहुसंख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर नै सङ्कलन गरेपछि राजधानी विवाद उत्कर्षमा पुगेको हो ।

नेकपाका सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत, राजेन्द्र राई, लक्ष्मण तिवारी, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, वसन्त बानियाँ, एकराज कार्की, बिर्ख प्रधान, जसमाया गजमेर, उमिता विकलगायत नेकपाका वहुमत सांसद प्रदेश राजधानी विराटनगर बनाउन नहुने पक्षमा उभिएका छन् ।

प्रदेशको नामका विषयमा भने कोशी, लिम्वुवान, किराँत र सगरमाथा जस्ता नामका विषयमा विवाद चर्किएको छ । 

प्रतिक्रिया दिनुहोस