थाइल्याण्डका राजाले गरे आफ्नै सुरक्षा गार्डसँग बिहे

विहीबार, १९ बैशाख २०७६, १४ : ५३
थाइल्याण्डका राजाले गरे आफ्नै सुरक्षा गार्डसँग बिहे

एजेन्सी। थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै अंगरक्षकसँग विवाह गरेका छन्। बुधबार राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।

शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ। बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन्। विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्याण्डमा लोकप्रिय मानिदै आएका छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् । सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन् ।

सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । राजा वजिरालंगकर्नको यसअघि तीनजनासँग विवाह भएको थियो । तीनै जनासँग सम्बन्ध बिच्छेद पनि भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस