हावाहुरीको आवाजले तर्सेर दुई जनाको मृत्यु

आइतबार, १५ बैशाख २०७६, ११ : ११
हावाहुरीको आवाजले तर्सेर दुई जनाको मृत्यु

जनकपुर । जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय  रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो । 

यसैबीच, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ । हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस