हङकङलाई ४ विकेटले हराउँदै नेपाल फाईनलमा

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, १७ : ४०
हङकङलाई ४ विकेटले हराउँदै नेपाल फाईनलमा

काठमाडौँ । नेपाल एशियाली क्रिकेट काउन्सिल ९एसिसी० यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
शनिवार थाइल्याण्डमा भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । 

हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१।४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका रोहन दुधराज विकले १२ बलमा ३ चौका सहित १४, ओपनर दिपक बोहोरा ११, सुवास ऐर १०,आईश भट्टराई १७, विशाल विक्रम केसी ७ र प्रसान्त महत १ रनमा आउट भए । कृष कार्की १२ र निखिल कुमार सिंह ४ रनमा अविजित रहे । हङकङ बृज नारायणले ३,अहान कन्हाई त्रिवेदीले २ विकेट लिए ।

यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२।२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । भागवतले ८३ बलको समना गर्दै नटआउट ४३ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अंक समेत जोड्न सकेनन् ।

हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६।२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पर्टेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।

नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस