किंग्स ११ पन्जाबविरूद्ध सन्दीप लामिछानेले लिए तीन विकेट

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, १२ : ०७
किंग्स ११ पन्जाबविरूद्ध सन्दीप लामिछानेले लिए तीन विकेट

काठमाडौं । नेपाल किक्रेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले शनिबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स ११ पन्जाबविरूद्ध तीन विकेट लिएका छन् । आफ्नो जादुमयी बलिङ प्रदर्शन गरेका उनले दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा पन्जाबका तीन शक्तिशाली ब्याट्सम्यानलाई आउट विकेट लिएका हुन् ।

दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलाे विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । पहिलो बलमै छक्का हानेका राहुललाई लामिछानेले चौथोँ बलमा विकेट लिएका हुन् । 

यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले चार चौका प्रहार गरे । विष्फोटक ब्याटिङमा चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे । खेलको तेह्रौँ ओभरमा बलिङमा आएका लामिछानेलाई गेलले उनलाई छक्का प्रहार गरे । तर, दोस्रो बलमा उनले गेललाई आउट गरे । सन्दीपको बलमा थप छक्का हान्न खोजेका गेल आउट भए । उनको बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । बाउन्ड्री नजिकै रहेका इन्ग्रामले बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे । इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरेर गेललाई आउट गरे ।  

यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । खेलको अन्तिम बलिङमा लामिछानेले मन्दीप सिंह धरापमा परे । लामिछानेको बलमा ठुलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस