‘दाइसँग हिँड्दा शंका गर्‍यौ’ सार्वजनिक (भिडियो सहित)

शुक्रबार, ०५ माघ २०७४, १६ : ४६

काठमाडौं । सुमधुर आवाजकी धनी पूर्णिमा लामा ‘दाइसँग हिँड्दा शंका गर्‍यौ’ गीति एल्बममार्फत बजारमा आएकी छन् । लामा पछिल्लो समयकी चल्तीकी गायिका हुन्  । उनले केही समयअघि गाएको ‘तिम्रो एउटा झुट’ स्रोताले निकै मन पराएका थिए ।

लामाको स्वरमा सजिएको ‘दाइसँग हिँड्दा शंका गर्‍यौ’ गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रालिले युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।

लामाको आवाज रहेको गीतमा शब्द सिन्धुलियन गुराँसको रहेको छ भने कम्पोज कुमार गुरूङको रहेको छ । त्यस्तै गीतलाई एरेन्ज आशिष अविरल स्टुडियोले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस