अक्सफोर्ड कलेजका प्रिन्सिपल भण्डारीलाई अन्तर्राष्ट्रिय उपाधि

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १८ : २४
अक्सफोर्ड कलेजका प्रिन्सिपल भण्डारीलाई अन्तर्राष्ट्रिय उपाधि

चितवन । नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टका प्रिन्सिपल कम सिइओ तथा प्रबन्ध निर्देशक हरि भण्डारीले अन्तर्राष्ट्रिय उपाधि प्राप्त गरेका छन् । दि एकेडेमिक युनियन अक्सफोर्ड, युकेले भण्डारीलाई उक्त संस्थाको ‘अनररी प्रोफेसर’ डिप्लोमा प्रमाणपत्र प्रदान गरेको हो ।

खुल्ला प्रतिस्पर्धाबाट प्राप्त गर्न सकिने यो प्रमाणपत्रका लागि आवेदन दिन कलेज प्रमुख भएर दस वर्ष काम गरेको हुनु पर्छ । यस वर्ष यस उपाधिका लागि विश्वभरबाट ६० वटाभन्दा बढी कलेजका प्रमुखले भाग लिएका थिए । ३३ वर्ष निरन्तर पढाएको र अन्य मापदण्ड पूरा गरेको आधारमा नेपालबाट भण्डारी छानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस