जब युवतीका आँखाबाट चारवटा जिवित मौरी निकालियो...

एजेन्सी

बुधबार, २७ चैत्र २०७५, १८ : ४०
जब युवतीका आँखाबाट चारवटा जिवित मौरी निकालियो...

एजेन्सी । ताइवानकी २९ वर्षिया युवती आँखामा समस्या आएपछि जाँच गराउन अस्पताल पुगिन् । फुयिन युनिभर्सिटी अस्पताल पुग्दासम्म उनलाई लागेको थियो, आँखामा केही धूलो परेको हुनसक्छ । 

जब उनको आँखा डाक्टरले जाँच गर्न थाले, त्यहाँ चारवटा जिवित मौरी फेला पारे । ती मौरी उनको आँखाको आंशु खाइरहेको डाक्टरले पत्ता लगाए ।
अस्पतालका डाक्टरहरुले आँखामा मौरी भेटिएको यो विश्वकै पहिलो घटना भएको बताएका छन् । अस्पतालका अप्थोमोलोजी डिपार्टमेन्टका प्रमुख डा.हुङ चितिङले भने, ‘मैले चलिरहेका स–साना खुट्टा देखेँ । त्यसपछि मैले एकएक गरेर चारवटा मौरीजस्ता स–साना जीवलाई बाहिर निकालेँ ।’
यी जीवलाई ‘स्वेट बीज’ अर्थात पसिना खाने मौरी नाम दिएको छ । 

प्रतिक्रिया दिनुहोस