‘कृषिको विकासको लागि नयाँ प्रविधि आवश्यक’

बुधबार, २७ चैत्र २०७५, १६ : ४९
‘कृषिको विकासको लागि नयाँ प्रविधि आवश्यक’

चितवन । चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य कानुन तथा न्याय मानव अधिकार समिति सभापति कृष्णभक्त पोख्रेलले कृषिको विकासको लागि नयाँ प्रविधि आवश्यक भएको बताउनुभएको छ । 
आज फलफूल तथा तरकारी थोक व्यवसायी संघको २१ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा सांसद पोख्रेलले किसानले आधुनिक नयाँ प्रविधिबाट खेती गरेर बढीभन्दा बढी उत्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘चितवनमा हिमाल, पहाड र तराईमा उत्पादन हुने वस्तु उत्पादन हुन्छ, तर अब पुरानो प्रवृत्तिले खेती गरेर काम छैन, नयाँ ढंगले नयाँ प्रवृत्तिको प्रयोग गरेर खेती गर्नुपर्छ ।
कार्यक्रममा सांसद पोख्रेलले जग्गा टुक्राउने कारणले कृषि क्षेत्र घट्दै गएको बताउनुभएको छ । फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे, भरतपुर महानगर वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, उवासंघ चितवनका तृतीय उपाध्यक्ष भोजराज कौडाल, उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेललगायतले मन्तव्य दिएका थिए । 
कार्यक्रममा संघका अध्यक्ष धितालले भरतपुर २ मा रहेको फलफूल तथा तरकारी बजारलाई व्यवस्थित पार्न माग गर्नुभएको थियो । उहाँले कृषि बजारभित्र र र बाहिर शित भण्डारको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस