काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्त्री ओलीलाई नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनिएर उल्लेख गरिएको छ ।
आफूमाथि प्रतिबन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउँला वा आत्मसर्पण गराउँला भन्ने ‘भ्रम’बाट मुक्त रहन समेत प्रतिबन्धित नेकपाले विज्ञप्तिमार्फत सरकारलाई चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ चैत्र २०७५, २१ : २९
लेखकबाट थप