सरकारी जग्गामा ठडियो एनआरएनए भवन

पत्रपत्रिकाबाट

आइतबार, २४ चैत्र २०७५, ०७ : १५
सरकारी जग्गामा ठडियो एनआरएनए भवन

काठमाडौं । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूपमा बिक्री गरेको जग्गामा एनआरएनएले भौतिक संरचना बनाएका हुन् । स्रोतका अनुसार त्यो संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस