‘सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छ’

पत्रपत्रिकाबाट

आइतबार, २४ चैत्र २०७५, ०७ : ११
‘सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छ’

रामेछाप । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्।

शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका हुन। उनले कम्युनिस्ट सरकारलाई कांग्रेसको विगतको इतिहास हेर्ने हो भने राजनीतिक इतिहासमा निकै अगाडि रहेकाले हल्का रुपमा नलिन आग्रह गरेका छन्।

उनले वर्तमान सरकार हत्या र भ्रष्टाचारको पयार्यझैं बनिसकेको यो अवस्थामा सरकार टिक्ने आधार नै समाप्त हुँदै जान लागेको बताए। कांग्रेसको अर्थनीतिमा टिकेको वर्तमान सरकार सडक त टाल्न सकिरहेको छैन रेल र पानी जहाज संचालन गर्ने होहल्लालाई गाना ठानेर हिडेको बताए। याे खबर आजकाे नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस