हरिण सिकार काण्डमा सलमानलाई राहत

पत्रपत्रिकाबाट

शुक्रबार, २२ चैत्र २०७५, ०७ : ५२
हरिण सिकार काण्डमा सलमानलाई राहत

काठमाडौं । कालो हरिण सिकार काण्डबारे सलमान खानविरुद्ध आएको मुद्दा अदालतले केही पर धकेलिदिएको छ । अब यस काण्डको सुनुवाइ ४ जुलाईमा हुनेछ । अदालतले सुनुवाइको समयसीमा बढाएका वेला सलमान भने अदालतमा हाजिर थिएनन् । सलमानका वकिल मात्र पुगेका थिए । अर्को सुनुवाइका वेला भने सलमान अदालतमा जसरी पनि हाजिर हुनुपर्नेछ ।

पाँच वर्षको जेल सजायविरुद्ध सलमानले अपिल गरेका थिए । गत वर्ष ५ अप्रिलमा जोधपुर सेसन कोर्टको न्यायाधीश देवकुमार खत्रीले दुई दशक पुरानो कालो हरिण सिकार प्रकरणमा सलमानलाई दोषी देखाएको थियो । उनलाई १० हजार जरिवाना पनि गरिएको थियो । तर, सलमान पुनरावेदन गरेपछि अदालतले फेरि सजायमा रोक लगाएर जमानतमा रिहा गर्न आदेश दिएको थियो । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस