खेल

चितवन च्याम्पियनसिपको चौथो संस्करण माघ १६ देखि शुरु हुने

विहीबार, ०४ माघ २०७४, १७ : ४६
चितवन च्याम्पियनसिपको चौथो संस्करण माघ १६ देखि शुरु हुने

भरतपुर–चितवन च्याम्पियनसिपको चौथो संस्करण यहि माघ १६ गते देखि सुरु हुने भएको छ । एभरेष्ट फुटबल क्लब भरतपुरको आयोजना हुन लागेको प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप–२०७४ चितवन जिल्लाकै सर्वाधिक पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता रहेको आयोजकको दाबी छ ।

फागुन २ गते सम्म संचालन हुने प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने क्लबले बिहिबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुने प्रतियोगितामा ३ जिल्लाका ३ अतिथि टिमहरुको पनि सहभागिता रहने क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो ।

 प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २२ हजार २ सय २२ रुयैंया सहित च्याम्पियनशिप कप र मेडल प्रमाणपत्र प्राप्त गर्ने छ भने दित्तिय हुने टिमले १ लाख ११ हजार १ सय रुपैंया नगद र मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक एभरेष्ट क्लवले जनाएको छ । यस्तै सेमिफाइनलवाट वाहिरिने २ टिमलाई २५ हजारका दरले सान्त्वना पुरस्कार र ५ विधामा उत्कृष्ट पाँच खेलाडीलाई नगद १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितालाई खेल संस्कृततिको रुपमा स्थापति गर्ने उदेश्यले हरेक बर्ष निरन्तरता दिईने आयोजनले जनाएको छ ।गतवर्ष २२ हजार दर्शकले अवलोकन गरेको प्रतियोगिता यसवर्ष ३० हजार दर्शकले अवलोकन गर्ने क्लवका अध्यक्ष देवकोटाले वताउनुभयो । उहाँले प्रतियोगितालाई प्रत्यक वर्ष व्यवस्थित र भव्य वनाउदैं लगिएको जानकारी दिनुभयो । प्रतियोगितालाई अष्ट्रेलियाको सिड्नीमा रहेको प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस