मंगलम् : ‘बम्पर उपहार’ मा शिल्पा र पृथ्वीको अभिनय(भिडियो सहित)

विहीबार, ०४ माघ २०७४, १७ : २१

चितवन । नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ को नयाँ गीत रिलिज भएको छ । बम्पर उपहार...बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइँको अभिनय देख्न सकिन्छ ।

दीपक शर्माले संगीत दिएको गीतको भिडियो रोमान्टिक बनेको छ । गीतमा प्रमोद खरेलको स्वर र लेखु सहयात्रीका शब्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।  २५ फागुनबाट प्रदर्शनमा आउने यो चलचित्र अभिनेता छबिराज ओझाले बनाएका हुन् । चलचित्रको प्रस्तुतकर्ता अभिनेत्री पोखरेलनै रहेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस