मार्क जुकरबर्गको पोष्ट किन डिलिट ग¥यो फेसबुकले ?

मंगलबार, १९ चैत्र २०७५, १६ : ४९
मार्क जुकरबर्गको पोष्ट किन डिलिट ग¥यो फेसबुकले ?

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले संस्थापक तथा सिइओ मार्क जुकरबर्गले पोस्ट गरेका केही सामग्री डिलिट गरेको छ । संस्थापकका पोस्ट विवादास्पद बनेकाले वा आलोचित भएकाले डिलिट गरिएको भने होइन ।
 
फेसबुकले भुलवश उनका पोस्ट डिलिट भएको र अहिले ती पोस्ट पुनर्स्थापित गर्ने प्रयास गरिरहेको जनाएको छ । भुलवश मेटिएका ती पोस्टहरू पुनर्स्थापित गर्ने कोसिस भए पनि त्यसमा सफलता प्राप्त भएको छैन । डिलिट भएका पोस्टहरु ब्लग वा न्युज रुममा भेटिने सम्भावना अझै पनि रहेको फेसबुकका प्रवक्ताको भनाइ छ ।

फेसबुक स्थापनाकालका केही महत्वपूर्ण पोस्ट पनि डिलिट भएका छन्, तर जुकरबर्गका कतिवटा पोस्ट डिलिट भएका हुन् भन्ने यकिन भएको छैन । 

संस्थापककै पोस्ट डिलिट भएपछि फेसबुकप्रतिका विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ । प्रयोगकर्ताको डाटा सुरक्षित नभएको भन्दै फेसबुकप्रति धेरैले आलोचना गरिरहेका छन् । फेसबुकका कर्मचारीले प्रयोगकर्ताहरूको पासवर्ड थाहा पाउने विभिन्न अध्ययनले देखाएको छ । 

अहिलेसम्म कसैको फेसबुक पासवर्ड लिक भएको जानकारी नआए पनि गोपनीयता रहन्छ भनेर ढुक्क रहने अवस्था भने छैन ।

प्रतिक्रिया दिनुहोस