प्रहरीको खाेजीमा रहेका सिलवाल अमेरिकामा

पत्रपत्रिकाबाट

विहीबार, ०४ माघ २०७४, १२ : ०७
प्रहरीको खाेजीमा रहेका सिलवाल अमेरिकामा

सरकारी दस्तखत छाप किर्तेमा प्रहरीकाे खाेजीमा परेका नेपाल प्रहरीका पूर्वडिअाइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन् ।

प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार प्रहरीले बयानका लागि खाेजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन् । उच्च स्राेतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडाैंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी भारतबाट मलेसिया-इन्डाेनेसिया हुँदै अमेरिका पुगेका हुन् ।

उनी अमेरिका पुगेकाे पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभागले इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस जारी गर्ने तयारी गरेकाे छ ।(नागरिक दैनिक)

प्रतिक्रिया दिनुहोस