पोखरा विश्वविद्यालयमा बेथिति

पोखरा विश्वविद्यालयका उपकुलपति शर्मा आर्थिक चलखेलमा, विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित

तीन सय ६५ विद्यार्थी ‘घर न घाट’ मा

सुरेन कुँवर

शुक्रबार, १५ चैत्र २०७५, १९ : ४७
पोखरा विश्वविद्यालयका उपकुलपति शर्मा आर्थिक चलखेलमा, विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित

काठमाडौँ । पोखरा विश्वविद्यालयले स्नातक तहको पहिलो सेमेस्टरको परीक्षाभन्दा दुई दिन अगाडि सूचना निकालि ३ सय ६५ जान विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ । चैत १३ गते विश्वविद्यालयले सूचना निकालि (आज) चैत १५ गतेदेखि सुरु हुने ४२ कलेजका पहिलो सेमेस्टरको विद्यार्थीहरुलाई परीक्षा दिन नमिल्ने भनी बिच्चलीमा पारेको हो । विश्वविद्यालयको प्राज्ञिक समितिको निर्णयलाई अपव्यख्या गरी विद्यार्थीहरुलाई ‘घर न घाट’ को बनाएको छ ।

विश्वविद्यालयले आफूले गरेको निर्णयलाई नै बेवास्ता गर्दै ग्रेडिङ सिस्टममा गरिएको व्याख्याको अर्को अर्थ लगाउँदै अन्तिम समयमा आएर यस्तो गरेसँगै देशभरको स्नातक पहिलो सेमेस्टरको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कलेजहरुको चर्को दवाबपछि उसले परीक्षा स्थगित गरेको हो । विश्वविद्यालयले प्रमाण–पत्र तहमा सी ग्रेड वा ४५ देखि ५० प्रतिशतसम्म अंक ल्याएका विद्यार्थीहरुलाई भर्ना लिन पाउने भनी भनेको भएपनि अहिले विषयगत अथवा प्रत्येक विषयमा सी ग्रेड ल्याउनुपर्ने भनी नयाँ बखेडा झिकेको हो ।

विश्वविद्यालयको ०७५ साल साउनको २५ गतेको निर्णय अनुसार सी ग्रेड ल्याएर उत्तिर्ण विद्यार्थीले स्नातकमा भर्ना गर्न सक्ने छन् भनी उल्लेख गरेको छ । यही निर्णयका आधारमा पोखरा विश्वविद्यालयको सम्बन्ध लिएका सबै कलेजहरुले विद्यार्थीहरुलाई भर्ना लिएका थिए । विश्वविद्यालयले यो निर्णय गरेसँगै पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ र पीडितहरुले सर्वोच्च अदालतमा मुद्धा हालेको भएपनि यो विषयलाई प्राज्ञिक समितिमा छलफल गरी समस्या समधान गर्ने भनी स्व्यम उपकुलपति चिरिञ्जीविप्रसाद शर्माले आश्वसन दिएर मुद्धा फिर्ता गराएका थिए । तर अहिले उपकुलपति शर्माले परीक्षाको मिति नजिकै आएर पीडित विद्यार्थी र शिक्षणसघं बीच भएको भद्र सहमति विपरित समस्या समधान नहुने भन्दै आफू खुशी निर्णय गर्न थालेपछि विद्यार्थीहरु थप मर्कामा परेका हुन् ।

विश्वविद्यालयले रजिष्ट्रेशन शूल्क डेढ महिना अगाडि नै लिए पनि रजिष्ट्रेशन नम्बर नपठाएपछि कलेजका प्रार्चायहरु अहिले समस्यामा परेका छन् । उनीहरुले विश्वविद्यालय, शिक्षा मन्त्रालयमा हारगुहार गरिरहेका छन् । स्रोतका अनुसार विश्वविद्यालय उपकुलपति शर्मालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसो नगर्न निर्देशन दिएपनि कानमा तेल हालेर बसेका छन् । शिक्षामन्त्री पोखरेललाई नै टेरेका छैनन् । करिब ४ वर्षअघि पोखरा विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका शर्माले मन परेका कलेजलाई राम्रो र मन नपर्नेलाई खेदो खन्ने गरेका छन् । उनको अगामी असोज ५ गते कार्यकाल सकिदैछ । 

कार्यकाल सकिन केही समय रहेकाले उनले यही बीचमा आर्थिक जोहोका लागि विश्वविद्यालयको नियम विपरित नै कलेजहरुलाई अनावश्यक गल्ती देखाउदै दुःख दिन थालेको बताइन्छ । उपकुलपति शर्माले कांग्रेसले चलाएका कलेजहरुलाई मनोमानी सम्बन्धन दिने गरेपनि नेकपामा आस्था राख्ने कलेजहरुलाई भने लामो समयदेखि दुःख दिईरहेका छन् । व्यक्तिगत फाइदा हेर्दै उपकुलपति शर्माले विद्यार्थीमाथि नै खेलवाड गरिरहेको बुझिएको छ ।

स्रोतले बताए अनुसार आर्थिक चङगुलमा फसेका उपकुलपतिले पैसा नै नमागेपनि उनको नियत भने कलेजहरुसँग काम नमिलेको भन्दै मोटो रकम बार्गेनिङका लागि यस्तो हतकाण्डा मच्चाईरहेको जानकारहरु बताउँछन् । शर्माले विश्वविद्यालयको नियम विपरित स्नातक तहको पहिलो ब्याचले चार वर्षे कोर्स पुरा नगर्दै स्नाकोत्तर तहका लागि सम्बन्ध दिएका छन् । उनले काठमाडौँको पुरानो बानेश्वरमा रहेको ‘राजधानी मोडेल कलेज’ लाई स्नातक सञ्चालन गरेको ३ वर्ष नपुग्दै सो कलेजलाई सम्बन्धन दिएका छन् । राजनीतिक विचार र आस्थाका आधारमा उनले कलेजका सञ्चालकहरुलाई आजित पारी रहेका छन् ।

त्यस्तै उनले व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा परी विश्वविद्यालयले तोकेको मापदण्ड नहेरी आफ्ना मन परेकालाई सम्बन्ध दिईरहेको बुझिएको छ । यस विषयमा हामीले बुझ्न फोन गर्दा उनका स्वकीय सचिवले उठाउने र केही समयपछि उपकुलपतिलाई सम्पर्क गराईदिने भनेपनि उनलाई फोन नै नदिने गरेका छन् । हामीले उपकुलपतिलाई सम्पर्कमा ल्याउन बारम्बार फोन गरेपनि कहिले नउठ्ने र कहिले फोन स्वीच अफ गरेर बस्ने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस