सडक खुलाउन गएका तीन सैनिक पहिरो खसेर घाइते

शुक्रबार, १५ चैत्र २०७५, १९ : ३१
सडक खुलाउन गएका तीन सैनिक पहिरो खसेर घाइते

गलकोट । काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् । 

तीन दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गएकोमा आज थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताउनुभयो । 

गणपति देवकोटाका अनुसार घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट छाउनीस्थित सैनिक अस्पताल पठाइएको छ । घाइते एक जनाको नाम खुलेको छैन । देवकोटाका अनुसार एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै भएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस