साइकल चलाऔँ, स्वस्थ बनौँ

शुक्रबार, १५ चैत्र २०७५, १५ : ३८
साइकल चलाऔँ, स्वस्थ बनौँ

चितवन । साइकल व्यवसायी संघ चितवन नवलपुरको १३ औं वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले १० बँदे माग राखेको छ । 
अधिवेशनमा संघका अध्यक्ष धर्मराज सापकोटाले १० बुँदे माग राख्दै साइकलमा लाग्ने गरेको भन्सार छुट गर्नुपर्ने बताउनुभयो । गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष सहन प्रधान, उवासंघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, उद्योग संघका प्रथम उपाध्यक्ष त्रिलोचन कँडेल, उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धिताल, संस्थापक अध्यक्ष विष्णुप्रसाद लामिछानेलगायतले मन्तव्य दिएका थिए । उनीहरुले साइकल चलाएर स्वस्थ बन्न सकिने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस