मनकामना केवुलकार स्टेशननजिकै सेन्ट्रल प्वाईन्ट होटल सञ्चालनमा

विहीबार, १४ चैत्र २०७५, १९ : १९
मनकामना केवुलकार स्टेशननजिकै  सेन्ट्रल प्वाईन्ट होटल सञ्चालनमा

चितवन । मनकामना दर्शन प्रालिमा दुई दशक भन्दा लामो समय देखि कार्यरत दुईजना उच्च कर्मचारीले अन्य साझेदार सहित केवुलकार स्टेशन नजिकै नयाँ होटल संञ्चालनमा ल्याउनु भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा उहाँहरुले सेन्ट्रल प्वाईन्ट फुड होम नामक होटल संञ्चालनमा ल्याउनु भएको हो । 

मनकामना दर्शन प्रालिका नायब महा प्रबन्धक डिएन कायस्थका अनुसार मनकामना दर्शन गर्न आउने भक्तजन र सो राजमार्ग हुँदै आवत जावत गर्ने मध्यम वर्गिय ग्राहकलाई लक्षित गर्दै होटल संञ्चालनमा आएको हो । राजमार्ग छेउमा २५ कठ्ठा जग्गा खरिद गरि होटल संञ्चालनमा ल्याएको उहाँले बताउनु भयो । 

पहिलो चरणमा झण्डै १ सय जनाले वसेर खानमिल्ने रेष्टुरेन्ट संञ्चालनमा ल्याईएको छ । उहाँका अनुसार दोस्रो चरणमा २० वटा कोठाको कटेज बनाईदै छ । होटलका अर्का संञ्चालक मनकामना दर्शन प्रालिका स्टेशन प्रशासनका प्रमुख उज्वल शेरचनका अनुसार चितवनका अन्य दुई साझेदार सरोज कुवर र भरत गौंचनको लगानिमा होटल सुरु गरीएको हो । 

हाल सम्म रु २ करोडभन्दा बढी लगानी भई सकेको होटलमा सेवा सुबिधालाई बिस्तार गर्दै लगिने लक्ष्य राखिएको उहाँले बताउनु भयो । पूर्ण रुपमा संञ्चालनमा आउँदा रु ५ करोड भन्दा वढि खर्च हुने अनुमान गरिएको छ । उहाँका अनुसार बिगत एक महिना देखि खाजा र खानाको व्यवस्था होटलमा गरिदै आईएको छ । शेरचनले राजमार्गको उच्च गुणस्तरको होटलको रुपमा बिकास गर्ने लक्ष्य राखिएको दाबि गर्नु भयो । 
कायस्थ विगत २६ वर्ष देखि र शेरचन २१ वर्ष देखि मनकामना दर्शन प्रालिमा कार्यरत हुनुहुन्छ । 
 

प्रतिक्रिया दिनुहोस