आश्रमलाई सहकारीको सहयोग

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १७ : ०७
आश्रमलाई सहकारीको सहयोग

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिकोत्सवको अवसरमा बिहीबार मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

एभरेष्ट सहकारीले भरतपुरमा रहेको मानव सेवा आश्रमको अक्षयकोषमा रहने गरी २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहकारीले आश्रममा रहेका आश्रितहरुको भोजन सेवा वापत सात हजार पाँच सय रुपैयाँ पनि सहयोग गरेको छ ।

संस्थाका उपाध्यक्ष शान्तलाल प्रधानको सभाध्यक्षमा संस्थाका संचालक समिति, लेखा समिति, ऋण लगानी उपसमिति, शिक्षा उपसमिति, सल्लाहकार, कर्मचारीहरु संस्थामा उपस्थित भई शुभकामनासहित दीप प्रज्ज्वलन गरी वार्षिकोत्सव मनाएको व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस