आठ वटा स्वर्णपदकसहित गैंडाकोट तेक्वान्दो डोजाङ पहिलो

बुधबार, ०३ माघ २०७४, २२ : ४५
आठ वटा स्वर्णपदकसहित गैंडाकोट तेक्वान्दो डोजाङ पहिलो

चितवन । चितवनको भरतपुरमा सम्पन्न दसौँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि आठ वटा स्वर्णपदकसहित गैंडाकोट तेक्वान्दो डोजाङले जितेको छ । सात वटा स्वर्णपदकसहित चितवनको अमेलिया तेक्वान्दो डोजाङ दोस्रो र नवलपुरकै अरुणखोला तेक्वान्दो डोजाङ तेस्रो भएको छ । 
प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि अरुणखोला तेक्वान्दो डोजाङका ५४ केजी समूहतर्फका खेलाडी विशाल दर्लामीले हात पारे । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ तथा बेस्ट प्लेयरलाई ट्रफी प्रदान गरिएको थियो । विजयी खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा नवलपुरका छ वटा डोजाङ र चितवनका २१ वटा डोजाङका गरी दुई सयभन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा महिलातर्फ २० केजी तौल समूहदेखि ५३ केजी तौल समूहसम्म र पुरुषतर्फ २० केजी तौल समूहदेखि ५८ केजी तौल समूहसम्म प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको समापन सत्रमा भरतपुुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेल प्रमुख अतिथि थिए ।
 

प्रतिक्रिया दिनुहोस