प्रदीप र जसिताको गीत ‘इज इट लभ’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा(भिडियो सहित)

बुधबार, ०३ माघ २०७४, १३ : ३६

चितवन । पछिल्लो समयका स्टार प्रदीप खड्काको गीत तथा चलचित्रले थोरै समयमा दर्शक धेरै पाउने गरेको छ । यस्तैमा प्रदीप अभिनित चलचित्र  ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ’ले पनि धेरै दर्शक पाएको छ ।
आइतबार साँझ सार्वजनिक यो गीतले छोटो समयमा धेरै दर्शक पाउदै युट्युव ट्रेन्डिङमा पहिलो स्थानमा आउन सफल भएको छ । रिलिजको झण्डै ४० घण्टा नबित्दै गीतले युट्युबमा आफुलाई शिर्ष स्थानमा उभ्याउन सफल भएको हो । करिब ७ लाख दर्शक रहेको यो गीतले १३ हजार समेत लाइक पाउन सफल भएको छ ।

भिडियोलाई अधिकांशले उत्कृष्ट भन्दै छायाँकन स्थल र छायाँकन शैलीको तारिफ गरेका छन् ।
गीतमा अभिनेता प्रदीप र नव नायिका जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । सुदीप बरालको छायाँकन रहेको गीत कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको हो । प्रताप दास र मेलिना राईले स्वर दिएको गीतमा एलिस कार्कीले संगीत  दिएका छन् । गीतमा शब्द राजेश कुमार श्रेष्ठको रहेको छ ।

चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको पनि अभिनय छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र गोबिन्द शाही र सुदीप खड्काले निर्देशक मिलनसँगको सहकार्यमा बनाएका हुन् ।

१४ बैशाख रिलिज मिति तोकिएको चलचित्र कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायाँकन गरिएको छ । चलचित्र मिलन चाम्सले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस