नेपाल साफ महिला च्याम्पियनसिपमा उपाधिको दावेदार

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०७५, १३ : १५
नेपाल साफ महिला च्याम्पियनसिपमा उपाधिको दावेदार

विराटनगर । साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको छ । यसपटकसहित नेपाल चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।
बुधबार विराटनगरको सहिद रंगशालामा भएको पाँचौ संस्करणको सेमिफाइनलमा श्रीलंकालाई  ४–० गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले अब उपाधिका लागि बुधबार नै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ । नेपालबाट पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरे । 
खेलको ४२ मिनेटसम्म नेपालले अग्रता लिए पनि कुनै गोल भएको थिएन । नेपाली खेलाडी पुनम जर्घामगरले गोलको खाता खोलेकी हुन् । सावित्री भण्डारीको हेड पासमा उनले डिबक्स भित्रबाट गोल गरेकी थिइन् । 
खेलको ७३ मिनेटमा अनिता बस्नेतले नेपालको अग्रता दोब्बर पारिन् । उनले श्रीलंकाकी गोलकिपरले फर्काएको बलमा रिबाउन्डमा गोल गरेकी थिइन् । ८२ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् ।
खेल सकिन ४ मिनेट बाँकी छँदा नेपालले चौथो गोल गरेको थियो । यसपटक पनि अनिताले दिएको पासमा रेखा पौडेलले गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस