विकासका लागि सञ्चार हुनुपर्छ : मुख्यमन्त्री भट्ट

मंगलबार, ०५ चैत्र २०७५, १५ : २२
विकासका लागि सञ्चार हुनुपर्छ : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली जनता र राष्ट्रको चाहना अनुसारको विकास निर्माणमा प्रोत्साहन गर्ने कार्यमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 
आज धनगढीमा आयोजित नेपाल अनलाइन पत्रकार सङ्घको प्रथम भेलाको उद्घाटन गर्दै उहाँले परिवर्तनका लागि गरिएका सङ्घर्ष र बलिदानलाई सफल पार्नमा यदि हामी चुक्यौ र काम गर्न सकेनौं भने त्यसबाट प्राप्त उपलब्धि त्यतिकै खेर जाने बताउनुभयो । 
मुख्यमन्त्री भट्टले सत्य, तथ्य र यर्थातपरक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 
प्रदेशसभा सदस्य भरतबहादुर खड्काले पधकारिता क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारले सहयोगी भूमिका निर्वाह गर्ने विश्वस व्यक्त गर्नुभयो । 
नेपाल अनलाइन पत्रकार सङ्घका अध्यक्ष उमिद बागचनले पत्रकारिताका मूल्य मान्यताभित्र रहेर जवाफदेही र मर्यादित अनलाइन स्थापना गर्न खोजेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस