भूपू मायालुको नाममा...

सोमबार, ०४ चैत्र २०७५, २१ : ३०
भूपू मायालुको नाममा...

अमेरिकाको अरेगनस्थित एउटा वन्यजन्तु चिडियाखानामा यस पटकको भ्यालेन्टाइन्स डेमा गज्जबको कार्यक्रम राखिएको छ । तपाईंको ब्रेकअप भर्खरै भएको छ भने मन हलुको बनाउन त्यहाँका कर्मचारीले गज्जबको  कार्यक्रम राखेका छन् । 

त्यहाँको चिडियाखानामा जानूस्, त्यसपछि निश्चित पैसा तिरेर माछाको नाममा आफ्नो भूपू मायालुको नाम राखिदिनुस् । त्यसपछि चिडियाखानाका भोका भालुलाई भूपू मायालुको नाम उच्चारण गर्दै माछालाई भालुतिर फ्याँकिदिनुस् । 

अब भालुहरुले तपाईंको भूपू मायालुको नामयुक्त माछामाथि यसरी आक्रमण गर्नेछन् कि तपाईंको उसप्रतिको सारा रिस त्यहीँ शान्त हुनेछ ।
यो कार्यक्रम भ्यालेन्टाइन्स डेको दिन मात्र आयोजन हुने ओरेगनको ग्रान्ट्स पासमा रहेको वाइल्ड लाइफ सेन्टरले जनाएको छ । 

‘तपाईंको चित्त दुखेका बेला यस्ता गतिविधिले मलमको काम गर्न सक्छन्,’ वाइल्ड लाइफ इमेजेज रिह्याबिलिटेसन एन्ड एडुकेसन सेन्टरले प्रचार सामग्रीमा भनेको छ, ‘बदला लिने यो जस्तो उपयुक्त मौका अरु तपाईंले नपाउन सक्नुहुन्छ ।’
यसका लागि जम्मा २० डलरमा तिर्दा ग्राहकहरुले सालमन माछा हात पार्ने र त्यसमा आफ्ना भूपू मायालुको नाम लेख्न सकिने चिडियाघरका सञ्चालकले बताएका छन् । शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस