फोनीज प्रदेश ३ को अध्यक्षमा पेमा

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, २१ : ४०
फोनीज प्रदेश ३ को अध्यक्षमा पेमा

 चितवन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाधिवेसनबाट पेमा लामाको अध्यक्षतामा २३ सदस्यीय प्रदेश कार्यसमिती सर्वसम्मत चयन गरेको छ । शुक्रवार राति नुवाकोटमा सम्पन्न महाधिवेसनले अध्यक्षमा लामा, उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु दिम्दुङ, महासचिव सुरज कुमार भुजेल, संगठन सचिवमा पुर्णिमा स्याङवा, संस्थागत सचिवमा श्याम राना मगर तथा कोषाध्यक्षमा पुर्णभक्त दुवाललाई सर्वसम्मत चयन गरेको हो । 
यस्तै खुल्ला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, महिला सदस्यमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ र कुन्जला पुलामी चयन भए । हरेक जातिय सस्थालाई दिईने संस्थागत सदस्यमा डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जिवन लिम्बु, नविन राना मगर्, राजेश बज्रचार्य तथा पुष्पा राई हायु अल्पसंख्यकमा चयन भएका छन । 
२० सदस्यीय समिति सर्वसम्मत चयन गरेकोमा बाँकी ३ सदस्य पछि मनोनीत गरीने नवनिर्वाचित अध्यक्ष लामाले जानकारी दिए । लामाले निर्वाचित भएपश्चात संवोधन गर्दै प्रदेश समितिले पत्रकारीताको धर्म नभुली संघीयता लगायत संविधान कार्यान्वयनमा भुमिका खेल्ने प्रतिवद्धता जनाए । उनले पर्दा पछाडीका विषयलाई प्रमुख प्राथमिकतामा राखिने उनको भनाई छ । 
महाधिवेसनले दिल बहादुर लामाको संयोजकत्वमा राजकुमार शाक्य, रिदेन महर्जन भएको ३ सदस्यि अनुशासन समिति पनि गठन गरेको केन्द्रीय संगठन सचिव मिलन लिम्बुले जानकारी दिए । महाधिवेसनको बन्दसत्रबाट पत्रकारीता पुरस्कार वितरण गर्ने, दुर्घट्नामा परेका पत्रकारलाई सहयोग गर्न तथा विभिन्न किसीमका तालीम, गोष्ठी सञ्चालन गर्न कोष स्थापना गर्ने आगामि योजना स्विकृत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस