विप्लवसँग वार्ता गर्न कोक्यापको आग्रह

शुक्रबार, ०१ चैत्र २०७५, १५ : ०१
विप्लवसँग वार्ता गर्न कोक्यापको आग्रह

काठमाडौँ  । शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । 

(कोक्याप) ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो । 

सो पार्टीले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोटन गराउने जस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको (कोक्याप) को भनाइ छ । लोकतान्त्रिक संविधानमार्फत जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्ने (कोक्याप) को जोड छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस