प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

विहीबार, ३० फागुन २०७५, १५ : ४१
प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ । 

विश्व मिर्गाैला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार गरिने बताउनुभयो । 

उहाँले अब काठमाडौँमा मात्रै नभएर प्रदेशस्तरमा पनि मिर्गाैला रोगीको लागि प्रभावकारी उपचार केन्द्र सञ्चालन गर्न डा ऋषिकुमार काफ्लेलाई अनुरोध गर्नुभयो । 

“हामीले प्रदेशभित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन विशेषज्ञको रुपमा विकास गर्ने भन्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो, “केन्द्रले त्यहीअनुसार अधिकार दिए हामी अस्पतालको स्तरवृद्धि गर्न तयार छौँ ।”, 

त्यस्तै मुख्यमन्त्री पोखरेलले आँखाको उपचारका लागि आधारभूत तहको विशेषज्ञ सेवा प्रदेशभित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस