सेवाग्राहीसँग घुस लिएको अभियोगमा अधिकृत पक्राउ

विहीबार, ३० फागुन २०७५, १५ : २९
सेवाग्राहीसँग घुस लिएको अभियोगमा अधिकृत पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ । 

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ । 

गैरकानूनी रुपमा मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरु पक्राउ परेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । आयोगले सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीलाई बुधबार सवडिभिजन वन कार्यालयको परिसरबाट पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । 

आयोगले सेवाग्राही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै रुपमा अनुसन्धान अधिकृत परिचालन गरेपछि नापी, मालपोत, वन कार्यालय तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धमाधम पक्राउ पर्न थालेको जनाएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस