सुनिल र कविताको ‘माया बस्यो लै लै’ सार्वजनिक, कभर भिडियो बनाउनेलाई उत्कृष्ट पुरस्कार

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १५ : ०४
सुनिल र कविताको ‘माया बस्यो लै लै’ सार्वजनिक, कभर भिडियो बनाउनेलाई उत्कृष्ट पुरस्कार

काठमाडौं । पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ । 

नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ । गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ । 

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन् । 
यसैगरी यो गीतको निर्माण समुहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए । जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एक जनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ । ‘यो कभर भिडियोका सौखिन र टिकटक प्रेमीहरुका लागि सुःखद अवसर हो,’ उनले भने । भिडियो जुलाई १५ सम्म पठाइ सक्नु पर्ने युट्युबमै उल्लेख छ । 

तल भिडियो नखुलेमा यो लिंकमा क्लिक गर्नुहोस्,
https://www.youtube.com/watch?v=Y617pk0x2uA

 

प्रतिक्रिया दिनुहोस