धनले होइन मनले बोलको गीत सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १५ : ०४
धनले होइन मनले बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक सुरज थापाको नयाँ गीत ‘धनले होइन मनले’ सार्वजनिक भएको छ । बुधबार युट्युबबाट ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गीतले २० घण्टामा ३२ हजार भ्युज पाइसकेको छ ।

सोलो सेन्टिमेन्टल गीत धनले होइन मनलेको भिजुअलमा सुनिशा बजगाइँ र अर्जुनरत्न भिकारीले अभिनय गरेका छन् । गायक थापाको पञ्चामृत एल्बमभित्र समेटिएको यो गीत अर्जुनरत्न भिकारीले लेखेका हुन् ।

सुनिल मास्केको संगीत रहेको यस गीतको एरेञ्ज रिकेस गुरुङले गरेका हुन् । विकेश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशन रहेको गीतको छायाँकन उत्सव दाहालले गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस