तीन दिनदेखि व्यथा : शिशुको हात मात्र बाहिर,  उद्धारका लागि आग्रह

विहीबार, ३० फागुन २०७५, १३ : ३८
तीन दिनदेखि व्यथा : शिशुको हात मात्र बाहिर,  उद्धारका लागि आग्रह

सांकेतिक तस्विर

हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिनुभयो । 
बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग आज बिहान हेलिकप्टरको माग गरिएको बताइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस