पशुपतिलाई झंकारको जवाफ : सार्वजनिक गरे ‘लुट्नु हुन्न देश’ भन्ने गीत (गीतसहित)

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १२ : ४२
पशुपतिलाई झंकारको जवाफ : सार्वजनिक गरे ‘लुट्नु हुन्न देश’ भन्ने गीत (गीतसहित)

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले केही महिना अघि ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बजारमा सार्वजनिक गरेका थिए । देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए तर गीत सार्वजनिक भएको केही समय पछि त्यो गीत बिवादित बन्यो ।

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए । उनले त्यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका थिए ।
उक्त गीतको प्रतिपक्षी दलले समर्थन गरे पनि सत्ताधारी दलले भने केही शब्द परिमार्जन गर्न गायकलाई सुझाब दिएका थिए । त्यसलगत्तै गायक शर्माले आफ्नो गीत युटुबबाट हटाए । पशुपति शर्माको गीत बिवादित बनेसंगै जनगायक झंकार बुढा मगरले भने देश लुट्न हुन्न भन्दै गीत गाएका छन् ।
उनको गीतमा भनिएको छ,–‘आफ्नै देश लुटे पछि के हुन्छ र शान, लुट्न हुन्न देश कान्छा लुट्न देश, देश लुटी खाको पैसा हुन्न कहिल्यै बेश ।’ उनको गीतले सबै नेपालीलाई एकजुट हुन आब्हान गरेको छ । देश लुट्नेहरुलाई बेलैमा पहिचान गरि भ्रष्टचाररहित मुलुकको परिकल्पना उनको गीतले गरेको छ । एकता र राष्ट्रियताको संदेश दिने खालको उनको गीतलाई चौतर्फी रुचाइएको छ ।
शब्द/संगीत तथा स्वर झन्कार बुढामगरको रहेको छ । तथा गीतमा कोरश अमर रोका मगर र कमला घर्तिको रहेको छ । गीतको सम्पादन काशिराम बुढामगरले गरेका छन् । भिम कुमाखी मल्लको छायाँकन रहेको गीतको यरेन्ज भुवन बिरही बडुले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस