'मलाई एक्लै छाडिदिनू'

बुधबार, २९ फागुन २०७५, २१ : ३६
'मलाई एक्लै छाडिदिनू'

बलिउड नायिका प्रियंका चोपडा हालै आकाश अम्बानी र श्लोका मेहताको विवाहमा देखिएकी थिइन् । उनी आमा मधु चोपडा र भाइको साथमा देखिइन् । भाइको विवाह, अम्बानी परिवारको विवाह कार्यक्रम र आउन लागेको फिल्मको सुटिङ सकेर उनी विदेश गइसकेकी छिन् । यसैबीच, प्रियंकासँग जोडिएको नयाँ जानकारी सार्वजनिक भएको छ । विदेश जानुभन्दा पहिला प्रियंका आफ्नी आमासँग मुम्बई अस्पाल गएको बलिउडमा चर्चा छ । 

खबरअनुसार प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ । तर, केही दिन पहिले भने प्रियंका गर्भवती भएको खबर सार्वजनिक भएको थियो । एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो ।

तस्बिर सार्वजनिक भएपछि उनी गर्भवती भएको खबर मिडियामा बाहिर आएको थियो ।  समाचार भाइरल भए पनि प्रियंका र निकबाट कुनै आधिकारिक धारणा बाहिर आएको छैन । हालै प्रियंकाकी आमा मधुले यसबारे बोलेकी छिन् । मिड डे म्यागजिनसँग कुरा गर्दै मधुले भनेकी छिन्, ‘यो केवल क्यामेराको गलत एंगलबाट तस्बिर लिइएका कारण भएको हो । त्यो अति खराब एंगल थियो । उसको आउटफिट खुब राम्रो थियो ।’

 समाचार बाहिर आएपछि आफूले प्रियंकालाई फोन गरेको र उनले आफू थाकेका कारण त्यस्तो पोज आएको बताएको मधुले जनाएकी छिन् । यसअघि प्रियंका तीन महिनापछि भारत आएकी थिइन् । उनी ‘द स्काई इज पिंक’को सुटिङ सकेर विदेश फर्केकी छिन् । 

प्रतिक्रिया दिनुहोस