छोरीको विवाह नभएपछि बाबुले गरे छोरी बिहे गर्नेलाई दुई करोड दिने घोषणा

एजेन्सी

सोमबार, २७ फागुन २०७५, १४ : ५९
छोरीको विवाह नभएपछि बाबुले गरे छोरी बिहे गर्नेलाई दुई करोड दिने घोषणा

थाइल्याण्ड । थाइल्याण्डका एक करोडपतिले आफ्नी कुमारी छोरीसँग विवाह गर्ने केटालाई दुई करोड भन्दाबढी रकम दिने घोषणा गरेका छन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका करोडपति अर्नोन राेडथोंगले छोरी कार्नसितासँग विवहा गर्नेलाई उक्त रकम दिने घोषणा गरेका हुन् । कार्नसिता २६ वर्षकी छन् । उनले ब्याच्लर पढेकी छन् भने चिनियाँ र अंग्रेजी भाषा बोल्न सक्छिन् ।

५८ वर्षका अर्नोन फलहरूको फार्मका मालिक हुन् । उनले आफ्नी छोरीसँग विवहा गर्ने केटामा तीन योग्यता हुनु पर्ने बताएका छन् । केटा स्मार्ट हुन जरुरी छैन तर पढ्न लेख्न जानेको हुनुपर्छ । अल्छी हुुनु हुँदैन परिश्रमि हुन जरुरी छ ।  पैसाका बारेमा कन्जुस र फलहरूलाई माया गर्ने हुन जरुरी छ । 
उनले सामाजिक सञ्जालमा आफ्नी छोरी कुमारी रहेको र पारिवारिक व्यापारमा सहयोग गर्ने गरेको उल्लेख गरेका छन् । विवाहका लागि राष्ट्रियताको सीमा जरुरी नभएको उनले बताएका छन् । छोराहरू भएपनि विवाहपछि सबै सम्पत्ति ज्वाँइलाई दिने उनले बताएका छन् । साथै व्यापार पनि सम्हालनु पर्ने छ । 

मिररको रिर्पोट अनुसार उनी छोरीको विवाह नभएका कारण तनाबमा छन् र यस्तो फैसला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस