नेपथ्य कन्सर्ट

माघे संक्रान्तिको दिन घन्कियो चितवनमा नेपथ्य (फोटोफिचर)

मंगलबार, ०२ माघ २०७४, ११ : ४५

चितवन । नारायणी नदीको किनारमा सोमबार साझ हजारौको जम्मा भएका थिए । मैसम चिसो भए पनि चिसोको महशुस गरिएको थिएन् । कारण थियो नेपथ्यको लाईभ कन्र्सट । नेपथ्यले नारायणी किनारमा उपस्थिित हजारौ दर्शकलाई संगितिक प्रस्तुतीले नाच्न बाध्य बनाएको थियो । करिब २ घण्टा प्रस्तुती दिएको सो कार्यक्रमा दर्जन बढी संगितिक प्रस्तुती दिएको थियो । जब नेपथ्यका मुख्य कलाकार अमृत गुरुङले भेडाको ऊन जस्तो बोलको गित गाएका थिए ,नारायणी किनारमा उपस्थिित दर्शकहरु झम्न थाले । त्यसपछि अमृतले शिरफूल शिरैमा‘, ओ आमा ओ आमा , चरी म¥यो‘, घर मेरो पोखरा, ,जोगले हुन्छ भेट‘जस्ता गीतहरु सुनाएर दर्शकलाई मन्त्रमुग्ध भुल्याए ।

कार्यक्रममा उनले प्रस्तुत गरेको तिमी पनि नेपाली‘, यो जिन्दगानी‘, कोसीको पानी‘, मै नाचे छमछमी‘, जस्ता गीतबाट पनि दर्शकले मनोरञ्जन लिए । नेपथ्यको रेशम‘, र तालको पानी‘जस्ता चर्चितमा पनि दर्शकले रम्ने अवसर पाए । राष्ट्रिय भावनाको जंगी निशान हाम्रो गीत सुनाउँदै नेपथ्यले चितवनको आफ्नो प्रस्तुती सकाएको थियो । 

यतिबेला आफ्नो स्थापनाको २५औं वर्ष मनाइरहेको लोक रक ब्यान्ड नेपथ्यले मोफसलका विभिन्न सहरमा कन्सर्ट गरिहरेको छ ।

नेपथ्यले सा कर्णाली‘, सम्झिराख‘भिडियो देखाएर कार्यक्रम सुरु  गरेको थियो । म्युजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीका अमृत गुरुङले भेडाको ऊनजस्तो‘, छेक्यो छेक्यो‘, आँगनैभरि‘ जस्ता गीतहरु प्रस्तुत  गरेर चितवनवासीलाई नचाए ।


 

प्रतिक्रिया दिनुहोस