भोक कम लागेमा...

शनिबार, २५ फागुन २०७५, १३ : ३१
भोक कम लागेमा...

- कम भोक लाग्दा एनोरेक्सिया नर्वोसाको समस्या पनि हुन सक्छ । यस्तो अवस्थामा मुटुको धड्कन पनि बढेर जाने गर्छ । त्यस्तै, शरीर दुख्ने, थकाइको महसुस हुनेलगायत समस्या पनि देखिन्छ ।
-भाइरल ग्यास्ट्रोएनट्राइटिसले पनि कम भोक लाग्छ । यो पेट र आन्द्रासँग जोडिएको समस्या हो । यस्तो समस्या भएमा पेट पोल्ने, ग्यास्ट्राइटिसलगायत थप समस्या पनि हुन्छ ।
- तनावका कारण पनि कम भोक लाग्छ । किनकि, भोक र तनावको सीधा सम्बन्ध हुन्छ । यस्ता मानिसलाई नियमित थकाइ, निद्रामा समस्या, शारीरिक सम्बन्धमा अनिच्छा, उच्च रक्तचापलगायत समस्या पनि हुन्छ ।
- कलेजोको खराबी छ भने पनि कम भोक लाग्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस