बच्चाछेउ किन नपिउने चुरोट ?

पत्रपत्रिकाबाट

शनिबार, २५ फागुन २०७५, ०७ : ४३
बच्चाछेउ किन नपिउने चुरोट ?

धूम्रपानले यसको प्रयोग गर्ने मानिसमा मात्र नभई वरपरका व्यक्तिमा पनि असर पु-याउँछ । धूम्रपानले वयस्क उमेरका मानिसलाई जति असर गर्छ, त्योभन्दा कैयौँ गुणा बढी बालबालिकालाई हानि पु-याउँछ । 

- गर्भवती भएको ठाउँमा धूम्रपान गर्दासमेत त्यसले पेटभित्र रहेको बच्चाको स्वास्थ्यमा असर पार्छ । जसले गर्दा उसको शारीरिक तथा मानसिक विकासमा अवरोध आउने हुन्छ । त्यस्तै, कम तौलको जन्मिने वा बच्चा नै खेर जाने सम्भावना पनि हुन्छ ।
- बच्चा जन्मेदेखि नै श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ । गर्भवती आफैँले धूम्रपान गर्दा पाठेघरबाहिर गर्भ रहने, बच्चा सुस्तमनस्थितिको हुने, तौल कम हुने र कतिपय अवस्थामा बच्चा नै मर्न सक्ने पनि हुन्छ । 
- गर्भमा रहेका बच्चाको विकासको क्रममा अवरोध आउने, उचाइ कम हुने र समयअगावै जन्मिने खतरासमेत हुन्छ । 
- चुरोटको धुवाँ र गन्धले बालबालिकामा समयमा भोक नलाग्ने, शरीर कमजोर हुँदै जानेजस्ता समस्या देखा पर्छन् । त्यस्तै, भविष्यमा बच्चाले धूम्रपान सजिलै सिक्ने सम्भावना पनि उच्च रहने अनुसन्धानले बताएको छ । 
- धूम्रपानको असरले शिशुमा क्यान्सर हुने सम्भावना पनि उच्च रहन्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस