जेब्राको जीउमा धर्का किन हुन्छ ?

शुक्रबार, २४ फागुन २०७५, २२ : २१
जेब्राको जीउमा धर्का किन हुन्छ ?

जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् ? किन हुन्छन् त ? ब्रिटेनको ब्रिस्टोल विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन् । उनीहरूको अध्ययनको निष्कर्ष छ– झिँगाबाट बचाउनका लागि प्रकृतिले जेब्राका जीउमा धर्का दिएको हो । 

वैज्ञानिकको टोलीले केही घोडामा यो अध्ययन गरेका थिए । केही घोडालाई  जेब्राको जीउमा हुनेजस्तो धर्के कपडा ओढाइएको थियो भने बाँकीलाई यत्तिकै छोडिएको थियो । अनुसन्धाताहरूले धर्के कपडा ओढाइएको घोडाको जीउमा झिँगा नबसेको पाएका थियो । उनीहरूको निष्कर्ष थियो– जेब्राको जीउमा हुने धर्काहरूले रोग फैलाउने रगत चुस्ने कीरालाई टाढा राख्छन् । 

‘जेब्राको जीउमा हुने धर्काहरूले झिँगाहरूको देख्ने क्षमतामा असर पु¥याउँछन्,’ अनुसन्धानको निष्कर्ष छ, ‘धर्काहरूको कारण झिँगाको आँखा तिरमिराउँछ ।’ 

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक टिम कारोले भने, ‘हाम्रो अध्ययनमा झिँगाहरू जेब्रानजिक पुगेपछि यत्तिकै टाढिएका थिए । यसले के संकेत गर्छ भने जेब्राको शरीरमा हुने धर्काहरूले झिँगालाई बाधा पु¥याउँछन् ।’ सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस