म्युजिकसँगै फेसन सो

शुक्रबार, २४ फागुन २०७५, २२ : १०
म्युजिकसँगै फेसन सो

रस लाइट मिडियाको आयोजनामा ‘मनमगन भक्तपुर–२०७५’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै फेसन सो पनि भएको थियो। भक्तपुर, सल्लाघारीको खुला चौरमा भएको सांगीतिक कार्यक्रममा गायक दीपक वज्राचार्यको एकल प्रस्तुति रहेको थियो।

‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा गायक वज्राचार्यलाई उनको ब्यान्ड ‘रिदम’ले साथ दिएको थियो। गायकले ‘मन मगन’, ‘काली काली’, ‘मायाको डोरीले’लगायत गीत गाएका थिए। कार्यक्रममा गायक तथा संगीतकार वसन्त सापकोटा, गायिका रमिता भण्डारीलगायतको पनि प्रस्तुति रहेको थियो। 

गायक वज्राचार्यको पछिल्लो चर्चित गीत ‘मन मगन’लाई शीर्षक बनाइ आयोजकले देशभरि ‘मन मगन यात्रा’ गर्ने भएको छ। कार्यक्रममा बडिबिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई सम्मान गरिएको थियो। फेसन क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएबापत आयोजकले फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरलाई सम्मान गरेको थियो। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस